खेलकूद
प्रिमियर लीग वेष्ट ह्याम युनाइटेड विजयी
२०७८ पुष २९ गते ८:०२
२९ पुस २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग वेष्ट ह्याम युनाइटेड विजयी भएको छ ।
प्रिमियर लीगको पछिल्लो खेलमा वेष्ट ह्यामले नर्विच सिटीमाथि २–० को जित निकालेको हो ।
घरेलु मैदानमा वेष्ट ह्यामका लागि दुबै गोल जारोड बोवेनले गरेका थिए । उनले ४२ र ८३ औं मिनेटमा गोल गरेका हुन् ।
जितसँगै २१ खेलबाट ३७ अंकसहित वेष्ट ह्याम चौथो स्थानमा उक्लिएको छ । उता तालिकाको पुछारको टोली नर्विचको २० खेलबाट १० अंक छ ।
प्रतिक्रिया