खेलकूद

अफ्रिका कप अफ नेशन्स फूटबलमा नाइजेरियाको विजयी शुरुवात

हिमालय टिभी
२०७८ पुष २८ गते ७:४७
अफ्रिका कप अफ नेशन्स फूटबलमा नाइजेरियाको विजयी शुरुवात

२८ पुस २०७८ काठमाडौं । अफ्रिका कप अफ नेशन्स फुटबलमा नाइजेरियाले विजयी शुरूवात गरेको छ ।

समूह डीमा गएराति नाइजेरियाले इजिप्टमाथि १–० को साँघुरो जित निकालेको हो । नाइजेरियाको जितमा केलिची इहानाचोको गोल नै निर्णायक रह्यो ।

उनले खेलको ३० औं मिनेटमा गोल गरेका थिए । जितसँगै ३ अंकसहित नाइजेरिया शीर्ष स्थानमा छ ।

यही समूहमा अल्जेरिया र सिएरा लियोन तथा सुडान र गुएजना बिसुआ गोलरहित बराबरीमा रोकिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्