Political Hightlights

भारतीय बलमिच्याइँप्रति सरकारको मौनतामाथि एमालेले उठायो प्रश्न

हिमालय टिभी
२०७८ पुष २७ गते १८:२७
भारतीय बलमिच्याइँप्रति सरकारको मौनतामाथि एमालेले उठायो प्रश्न

२७ पुस २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भारतको बलमिच्याइँप्रति सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्नहरू जन्माएको बताएको जनाएको छ ।

एमालेले भारतसँग अविलम्ब गम्भीर संवाद गरेर सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गरेको छ ।

एमालेका परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले जारी गरेको विज्ञप्तिमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने गतिविधिहरू तत्काल बन्द गर्न माग गरिएको छ ।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द गर्नुपर्ने उहाँको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्