खेलकूद

अफ्रिकाका कप अफ नेसन्स फूटबलमा सेनेगलको विजयी शुरुवात

हिमालय टिभी
२०७८ पुष २७ गते ८:२२
अफ्रिकाका कप अफ नेसन्स फूटबलमा सेनेगलको विजयी शुरुवात

२७ पुस २०७८ काठमाडौं । सेनेगलले अफ्रिकाका कप अफ नेसन्स फूटबलमा विजयी शुरुआत गरेको छ ।

गएराति भएको खेलमा जिम्बावेलाई १–० गोल अन्तरले हराउँदै सेनेगलले सुखद शुरुवात गरेको हो ।सेनेगलको जितमा साडियो मानेले निर्णायक गोल गरे ।

खेलको इन्जुरी समयको सातौं मिनेटमा मानेले पेनाल्टीमा निर्णायक गोल गरे ।

जितसँगै समूह बी को सेनेगलले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । जिम्बावेले भने हारबाट प्रतियोगिताको शुरुआत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्