खेलकूद

ए डिभिजन लीग फूटबलमा पुलिस र ब्रिगेड ब्वाइजले अंक बाँडे

हिमालय टिभी
२०७८ पुष २६ गते १६:१३
ए डिभिजन लीग फूटबलमा पुलिस र ब्रिगेड ब्वाइजले अंक बाँडे

२६ पुस २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीगको आठौँ चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबले एकएक गोलको बराबरीमा अंक बाँढेका छन् ।

दशरथ रंगशालामा आज भएको खेलमा ब्रिगेड ब्वाइज क्लबले शुरुमा नै लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको हो ।
खेलको दोस्रो मिनेटमा नै ब्रिगेड ब्वाइजका शिशिर लेखीको प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले पन्च गर्दै बचाएपनि त्यसैको रिबाउण्डमा आएको बललाई रोशन आले मगरले पोष्टको दिशा दिएका थिए।

त्यसको एक मिनेटमा नै बुद्ध तामाङले फ्रि कीकमा गोल गर्दै पुलिसलाई बराबरीमा ल्याए। खेलको १३ मिनेटमा ब्रिगेड ब्वाइजका जोनाथन रोडीको फ्रिकिक प्रहार सेकेण्ड बारमा लाग्दै बाहिरियो। २५ औँ मिनेटमा पुलिसका निर कुमार राईको कर्नरमा सन्तोष हेमरनको हेडर पोष्ट माथिबाट बाहिरियो।

दोस्रो हाफमा दुवै टोलीले केही अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन्। जारी लीगमा पुलिसको यो चौथो बराबरी हो। बराबरीसँगै पुुलिस ७ अंकमा ११औं स्थानमा यथावत् छ। ८ खेलमा १ मा जित, ४ खेलमा बराबरी र ३ खेलमा हार भोगेको छ।

ब्रिगेड ब्वाइजले भने तेस्रो खेलमा बराबरीको नतिजा निकालेको हो। एकमा जित, ३ मा बराबरी र ४ खेलमा हार भोग्दै ६ अंक बनाएको ब्रिगेड ब्वाइज १२औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्