खेलकूद

ए डिभिजन लीग फूटबलमा आज एक मात्र खेल हुँदै

हिमालय टिभी
२०७८ पुष २६ गते ८:३६
ए डिभिजन लीग फूटबलमा आज एक मात्र खेल हुँदै

२६ पुस २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबलअन्तर्गत आज एक मा खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे शुरु हुनेछ ।

पुलिस ७ खेलबाट ६ अंक जोडेर ११ औं स्थानमा छ । ब्रिगेड ७ खेलमा ५ अंक जोडेर १२ औं स्थानमा छ । पुलिस र ब्रिगेडबीचको खेल आठौं चरणको अन्तिम लीग खेल हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्