प्रधानमन्त्री कप टी–२० क्रिकेट आजदेखि शुरु हुँदै
२६ पुस २०७८ काठमाडौं । प्रधानमन्त्री कप टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत पहिलो दिन आज चार खेल हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश भिड्दैछन्। दोस्रो खेल एपीएफ क्लब र प्रदेश २ बीच हुनेछ ।
यता मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच पहिलो खेल हुनेछ । दोस्रो खेल बागमती र लुम्बिनी प्रदेशबीच हुनेछ ।
प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा त्रिभुवन आर्मी, कर्णाली प्रदेश, पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश १ रहेका छन् ।
समूह बी अन्तर्गत सशस्त्र प्रहरीको एपीएफ, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् । समूह विजेता र उपविजेता टोली सेमीफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल माघ ५ गते हुनेछ ।
प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने आईसीसी टी–ट्वेन्टी विश्वकपको ग्लोबल छनोटका लागि खेलाडी छनोट गर्ने प्रतियोगिताको रुपमा समेत लिएको छ ।
प्रतिक्रिया