खेलकूद

अफ्रिका कप अफ नेसन्स फूटबलमा आयोजक क्यामरुन विजयी

हिमालय टिभी
२०७८ पुष २६ गते ८:१२
अफ्रिका कप अफ नेसन्स फूटबलमा आयोजक क्यामरुन विजयी

२६ पुस २०७८ काठमाडौं । अफ्रिका कप अफ नेसन्स फूटबलमा आयोजक क्यामरुन विजयी भएको छ ।

गएराति भएको उद्घाटन खेलमा बुरकिना फासोलाई २–१ गोल अन्तरले हराउँदै क्यामरूनले विजयी शुरूवात गरेको हो । ओलेम्बे स्टेडियममा एक गोलको अग्रता उल्टाउँदै क्यामरुनले पुनरागमन जित निकालेको हो ।

क्यामरुनको जितमा दुबै गोल भिन्सेन्ट अबुबाकरले गरे । खेलको अग्रता भने बुरकिनाले लिएको थियो । खेलको २४औँ मिनेटमा गुस्ताभो सांगारेले गोल गर्दै बुरकिनालाई अग्रता दिलाएका थिए ।

४०औँ मिनेटमा अबुबाकरले पेनाल्टीमा गोल गर्दै क्यामरुनलाई १–१ गोलको बराबरीमा ल्याए । पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा अबुबाकरले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै क्यामरुनलाई २१ को जित दिलाए ।

जितसँगै समूह ए को क्यामरुनले ३ अंक जोडेको छ । प्रतियोगिताअघि विभिन्न सांस्कृतिक कार्यम्र भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्