खेलकूद

ए डिभिजन लीग फूटबलमा थ्री स्टारलाई सफलता

हिमालय टिभी
२०७८ पुष २५ गते २०:११
ए डिभिजन लीग फूटबलमा थ्री स्टारलाई सफलता

२५ पुस २०७८ काठमाडौं । थ्री स्टार पुूटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लीग फूटबलमा हिमालयन शेर्पाविरुद्ध सुखद नतिजा निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आजको एक मात्र लीग खेलमा थ्री स्टारले हिमालयन शेर्पामाथि २–० को जित दर्ता गर्दा सुखद नतिजा हात पारेको हो । थ्री स्टारलाई जित दिलाउन अघिल्लो खेलमा मात्र अनुबन्ध भएका घानेफो अन्सुमाना क्रोमाले एक गोल गरे भने एक गोल भने आत्मघाती उपहार पाएको थियो ।
सुरुआती अग्रता लिने क्रममा हिमालयन शेर्पाका रक्षक अमृत श्रेष्ठले क्लियर गर्न खोजेको बल गोलमा परिणत हुँदा थ्री स्टारले ५६औं मिनेटमा आत्मघाती गोलबाट सुरुआती अग्रता बनाएको थियो । थ्री स्टारका ऋतिक कुमार खड्काले अघि बढाएको बल अमितलाई लाग्दै गोलमा परिणत भएको थियो ।

त्यसपछि प्रतिस्पर्धात्मक बनेको खेलमा हिमालयन शेर्पा खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन । १० मिनेट थपिएको इन्जुरी समयको छैटौं मिनेटमा अन्सुमानाले गोल गर्दै थ्री स्टारलाई २–० को जित निश्चित गराए ।

यसँगै थ्री स्टारलाई लगातार दोस्रो जित निकालेको छ । यसअघिको खेलमा थ्री स्टारले जावलाखेल युथ क्लबलाई २–१ ले हराएको थियो । अघिल्ला खेलमा खराब नतिजाबाट ग्रुजिएको थ्री स्टार लयमा फर्किने प्रयास गरेको छ ।

यस जितसँगै थ्री स्टारले ८ खेलमा १३ अंक जोडेको छ । थ्री स्टार पाँचौं स्थानमा उक्लिएको छ । हिमालयन शेर्पाले ८ खेलमा ११ अंक जोडेको छ । शेर्पा छैटौं स्थानमा झरेको छ । खेलमा थ्री स्टारका ऋतिक खड्का म्यान अफ दि म्याच चुनिए भने थ्री स्टारकै निशान खड्का इमर्जिङ प्लेयर चुनिएर नगद १० हजार रुपैयाँ हात पारे ।

लीगमा सोमबार दशरथ रंगशालामा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबबीच आठौं चरणको अन्तिम खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्