Political Hightlights

एमालेका २० जिल्लामा नयाँ नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व ?

हिमालय टिभी
२०७८ पुष २५ गते ८:५०
एमालेका २० जिल्लामा नयाँ नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व ?

२५ पुस २०७८ काठमाडौं । नेकपा एमालेका २० जिल्लामा नयाँ नेतृत्व छानिएको छ । जिल्ला अधिवेशनको केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकसाथ उद्घाटन गर्नुभएको थियो ।

एमाले प्रचार विभाग उपप्रमुख नेता विष्णु रिजालका अनुसार ६४ जिल्लामा अधिवेशन चल्दै गर्दा कपिलवस्तुमा डम्बर शर्मा र नवलपरासी पश्चिममा दीपेन्द्र अधिकारी चुनावबाट अध्यक्षमा निर्वाचति हुनुभएको छ ।

बाँकी १८ जिल्लामा भने सहमतिबाटै अध्यक्ष छानिएको पनि नेता रिजालले बताउनुभयो । उहाँले दिएको जानकारी अनुसार एमालेको झापा अध्यक्षमा दीपक कार्की, पाल्पामा धनेन्द्रराज घिमिरे, दाङमा हुकुमबहादुर बस्नेत, डोल्पामा शेरबहादुर बुढा, सल्यानमा गोविन्द पुन र बर्दियामा लालबहादुर श्रेष्ठ सहमतिबाटै चुनिनु भएको हो ।

बॉके अध्यक्षमा किस्मतकुमार कक्षपति, धादिङमा भूमि त्रिपाठी, अर्घाखाँचीमा पीताम्बर भुसाल, मोरङमा ऋषिकेश पोखरेल, काभ्रेमा अशोक ब्याञ्जू, भक्तपुरमा बचन देउजा, गुल्मीमा बालसिंह काउछा अनि खोटाङमा रामप्रसाद दङ्गाल अध्यक्षमा चयन हुनुभएको छ ।

सप्तरीमा ताराकान्त चौधरी, तनहुँमा श्रीप्रसाद श्रेष्ठ, धनकुटामा इन्द्रमणि पराजुली र रसुवामा कर्णेल लामा सहमतिबाटै अध्यक्ष चयन भएको पनि एमाले प्रचार विभाग उपप्रमुख विष्ष्णु रिजालले जानकारी दिनुभयो ।

आज साँझसम्ममा सबै जिल्लाको नेतृत्व छानिने अपेक्षा गरिएको नेकपा एमाले कार्यालय सचिव डा. भीष्म अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्