खेलकूद

फिफाको उत्कृष्ट वर्ष पुरस्कारको अन्तिम नामावली सार्वजनिक

हिमालय टिभी
२०७८ पुष २४ गते १५:३१
फिफाको उत्कृष्ट वर्ष पुरस्कारको अन्तिम नामावली सार्वजनिक

२४ पुस २०७८ काठमाडौं । फिफाको उत्कृष्ट वर्ष पुरस्कारको अन्तिम नामावली सार्वजनिक भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यस वर्षका लागि उत्कृष्ट अन्तिम तीन जनाको नाम सार्वजनिक गरेको हो ।

पुरुषतर्फ वर्ष खेलाडीमा अर्जेन्टिनाका लियोनल मेस्सी, पोल्याण्डका रोबर्टो लेवान्डोस्की र इजिप्टका मोहमद सलाह परेका छन् ।

मेस्सी फ्रान्सेली क्लब पिएसजी, लेवान्डोस्की जर्मन क्लब वायर्न म्युनिख र सलाह इंग्लिस क्लब लिभरपुलमा आबद्ध छन् । महिलातर्फ साम केर‚ जेनिफर हेर्मोसो र एलेक्सिया पुटेलास अन्तिम तीनमा अटाएका छन् ।

सन् २०२० मा पुरुषतर्फ लेवान्डोस्की उत्कृष्ट खेलाडी चुनिएका थिए । जनवरी १७ मा स्विट्जरल्याण्डमा विजेता घोषणा गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्