खेलकूद
म्यानचेष्टर सिटी एफए कप फूटबलको चौथो चरणमा प्रवेश
२०७८ पुष २४ गते ९:१६

२४ पुस २०७८ काठमाडौं । म्यानचेष्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।
तेस्रो चरण अन्तर्गत गएराति स्विन्डोन टाउनलाई ४–१ ले पछि पार्दै सिटीले चौथो चरणमा स्थान पक्का पारेको हो । सिटीको जितमा बर्नान्डो सिल्वा, गेबरियल जिसस, इल्के गुण्डोगान र पाल्मेरले गोल गरे ।
स्विन्डोनकातर्फबाट ह्यारी म्याक किर्डीले सान्त्वना गोल फर्काए । सिटीका लागि १४औं मिनेटमा सिल्वाले शुरूवाती गोल गरेका थिए।
त्यसपछि २८औं जिसस र ५९औं मिनेटमा गुण्डोगानले गोल गरेपछि सिटीले खेलमा ३–० को अग्रता बनाएको थियो ।
तर ७८औं मिनेटमा म्याक किर्डीले गोल फर्काए । त्यसपछि ८२औं मिनेटमा पाल्मेरले गोल गरेसँगै सिटी ४१ ले विजयी भयो ।
प्रतिक्रिया