खेलकूद

ए डिभिजन लीग फूटबलमा आजदेखि आठौं चरणका खेल शुरु हुँदै

हिमालय टिभी
२०७८ पुष २३ गते ९:४४
ए डिभिजन लीग फूटबलमा आजदेखि आठौं चरणका खेल शुरु हुँदै

२३ पुस २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबलमा आजदेखि आठौं चरणका खेल शुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज पहिलो खेलमा सङ्कटा र सातदोबाटो क्लब खेल्नेछन् ।

७ खेलबाट १३ अङ्क जोडेको सङ्कटा तालिकाको तेस्रो स्थानमा छ भने ७ खेलबाटै ८ अङ्क जोडेको सातदोबाटो तालिकाको सातौं स्थानमा छ । आजको खेलमा सङ्कटा विजयी भए दोस्रो स्थानको मनाङ मर्स्याङ्दीसँग तथासातदोवाटो विजयी भए चौथो स्थानको त्रिभूवन आर्मीसँग अङ्क बराबरी गर्नेछन् ।

आजै दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ ६ अङ्कसहित तालिकाको दशौं स्थानमा छ भने ७ अङ्कसहित जावलाखेल नवौं स्थानमा छ ।

सातौं चरणको नतिजाले एएफसी प्रेसिडेन्ट कप छनोट खेल्न पाउने टिमको टुङ्गो लगाएको छ । अब बाँकी चरणका खेलहरुले उपाधि र रेलिगेशनको छिनोफानो हुने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्