खेलकूद
काराबाओ कप फूटबलमा चेल्सी विजयी
२०७८ पुष २२ गते ८:१२
२२ पुस २०७८ काठमाडौं । काराबाओ कप फुटबलको सेमिफाइनलको पहिलो लेगमा चेल्सी विजयी भएको छ ।
इएफएल कप अन्तर्गत सम्पन्न सेमिफाइनलको पहिलो लेगमा चेल्सीले टोटेनह्याममाथि २० को जित निकालेको हो । घरेलु मैदानमा चेल्सीले पाँचौ मिनेटमै काई हाभर्टेजको गोलबाट अग्रता लियो ।
३४औं मिनेटमा टोटेनह्यामका बेन डेभिसले आत्मघाती गोल गरेपछि चेल्सीको अग्रता दोब्बर भएको थियो । त्यसपछि खेलमा थप गोल नहुँदा चेल्सी २–० ले विजयी भएको हो ।
अब दोस्रो लेग जनवरी १२ तारिखमा हुनेछ । काराबाओ कपको अर्को सेमिफाइनलमा लिभरपुल र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ।
लिभरपुल फुटबल टोलीमा कोरोना संक्रमण देखिएसँगै आजका लागि तय खेल अब जनवरी १३ र २० तारिखमा हुने तय भएको छ ।
प्रतिक्रिया