खेलकूद
प्रिमियर लीग फूटबलमा म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित
२०७८ पुष २० गते ८:५५
२० पुस २०७८ काठमाडौं । प्रिमियर लीग फूटबलमा म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित भएको छ ।
गएराति युनाइटेड घरेलु मैदान ओल्डट्राफोर्डमा उल्भ्ससँग १–० ले पराजित भएको हो । उल्भ्सले खेलको अन्तिम समयमा गोल गर्दै घरेलु टोलीलाई स्तब्ध पारेको हो।
पाहुना टोलीको जितमा जोआओ मौटिन्होले ८२औँ मिनेटमा गोल गरेका थिए । उल्भ्सले सन् १९८० पछि पहिलो पटक ओल्डट्राफोर्डमा जित निकालेको हो ।
युनाइटेड शीर्ष स्थानमा म्यानचेस्टर सिटी भन्दा २२ अंकले पछि परेको छ । युनाइटेड १९ खेलबाट ३१ अंक सहित तालिकाको सातौँ स्थानमा छ । उल्भ्स २८ अंकसहित तालिकाको आठौँ स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया