खेलकूद

राष्ट्रिय फूटबल टिमको बन्द प्रशिक्षणका लागि ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा

हिमालय टिभी
२०७८ पुष १९ गते १८:०८
राष्ट्रिय फूटबल टिमको बन्द प्रशिक्षणका लागि ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा

१९ पुस २०७८ काठमाडौं । आगामी महिना अफ्रिकी राष्ट्र मोरिसससँग हुन लागेको दुई मैत्रीपूर्ण फुटबलको तयारीका लागि ३४ खेलाडीलाई प्रारम्भिक चरणमा बन्द प्रशिक्षणमा बोलाइएको छ ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आज प्रारम्भिक चरणमा ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् ।

मुख्य प्रशिक्षक अलमुताईरीले जारी ए डिभिजन लिगमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेका हुन् । छनोटको प्रारम्भिक चरणमा ५ गोलरक्षक, ६ डिफेन्डर, १६ मिडफिल्डर तथा ७ फरवार्ड रहेका छन् ।

पुलिस क्लब र जावलाखेल युथ क्लबका गोलरक्षक शत्रुघन चौधरी र टिकेन्द्र थापा, डिफेन्डर नविन गुरुङ, मिडफिल्डर आकाश बुढा मगर, कृतिशरत्न छुन्जु, सुदीप गुरुङ तथा फरवार्ड सुशील राईले पहिलो पटक टोलीमा स्थान बनाएका छन् ।

टोलीका अनुभवी तथा नियमित खेलाडी रोहित चन्द र घाइते भई उपचार गराईरहेका नवयुग श्रेष्ठ पनि टोलीमा समावेश छैनन् । चोटकै कारण लामो समयदेखि टोली बाहिर रहेका स्ट्राइकर विमल घर्तीमगर र डिफेन्डर देवेन्द्र तामाङले टोलीमा स्थान बनाउँदा मिडफिल्डर सुभाष गुरुङले पनि टोलीमा पुनरागमनको मौका पाएका छन् ।

टोलीको प्रशिक्षण भने पुस ३० गतेबाट सुरु गर्ने एन्फाको तयारी छ । त्यस समय लिगमा नवौं चरणका खेलहरु सकिने क्रममा हुनेछन् । त्यसैले खेलाडीहरु आफ्नो क्लबको खेल सकिए लगतै बन्द प्रशिक्षणमा सामेल हुनेछन् ।

नेपालले फिफा डेट अनुसार माघको १५ र १८ गते मोरिससबीच दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । फिफा अन्तर्राष्ट्रिय मान्यता प्राप्त यो खेल अफ्रिकी राष्ट्रसँग नेपालको पहिलो आधिकारिक खेल हुनेछ ।

नेपाल पछिल्लो पटक माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा सहभागी भएको थियो । पहिलो पटक फाइनल पुगेको नेपाल भारतसँग ३(० गोलले पराजित हुँदै उपविजेतामा सिमित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्