खेलकूद
ए डिभिजन लीग फूटबलमा आज एउटा मात्र खेल हुँदै
२०७८ पुष १९ गते ९:१८

१९ पुस २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबलअन्तर्गत आज एउटा मात्र खेल हुँदैछ ।
लीग अन्तर्गत सातौं चरणको अन्तिम खेलमा सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे शुरु हुनेछ ।
नवप्रवेशी क्लब सातदोबाटो आज तेस्रो जितको खोजीमा छ। सातदोबाटो ६ खेलबाट ८ अंक जोडेर सातौं स्थानमा छ । हिमालयनलाई हराएर सातदोबाटो शीर्ष पाँचमा उक्लन चाहन्छ ।
तेस्रो जितको खोजीमा रहेको हिमालयन शेर्पा ८ अंक जोडेर आठौं स्थानमा रहेको छ। सातदोबाटोलाई हराएर हिमालयन पनि शीर्ष पाँचमा उक्लने योजनामा छ । लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतिक्रिया