Political Hightlights

गुरुङ, पौडेल र शाही कांग्रेस केन्द्रीय सदस्य मनोनित

हिमालय टिभी
२०७८ पुष १८ गते १४:५३
गुरुङ, पौडेल र शाही कांग्रेस केन्द्रीय सदस्य मनोनित

१८ पुस २०७८ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय सदस्य मनोनीत गर्नु भएको छ ।

सभापति देउवाले सभापतिमा पराजित कल्याण गुरुङ, महामन्त्रीमा पराजित प्रदीप पौडेल र सहमहामन्त्रीमा पराजित जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्य मनोनित गर्नुभएको छ ।

सभापति देउवाले यसअघि शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, बिमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा प्रकाशशरण महत, डा नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको थियो ।विधानअनुसार १४औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित हुनुभएको थियो । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा व्यवस्था छ ।

राष्ट्रियसभाका लागि उम्मेदवार चयन लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

भोलि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठकमा राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवार चयन लगायत पछिल्लो राजनीतिक अवस्थाकाबारेमा छलफल हुने भएको छ ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले मनोनित गरेका १३ केन्द्रीय सदस्यहरुको नाम पनि अनुमोदनका लागि पेश गर्नुहुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्