खेलकूद

ए डिभिजन लीग फूटबलमा आज एउटा मात्र खेल हुने

हिमालय टिभी
२०७८ पुष १८ गते ८:०७
ए डिभिजन लीग फूटबलमा आज एउटा मात्र खेल हुने

१८ पुस २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज एउटा मात्र खेल हुँदैछ ।

सातौं चरण अन्तर्गत आज मछिन्द्र युथ क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । एएफसी कपमा छनोट हुन साविक विजेतासमेत रहेको मछिन्द्रलाई आज जित्नैपर्ने हुन्छ ।

एएफसी कप छनोट खेल्न सातौं चरण सकिँदा मछिन्द्रलाई शीर्ष स्थानमा उक्लनु पर्ने हुन्छ । मछिन्द्र ६ खेलमा १४ अंकसहित दोस्रो स्थानमा छ ।

आज मछिन्द्र पराजित भएमा वा बराबरीमा रोकिएको अवस्थामा मनाङ एएफसी कपका लागि छनोट हुनेछ । मनाङ ७ खेलमा १६ अंक जोड्दै शीर्ष स्थानमा कायमै छ ।

उता ६ खेलबाट ६ अंक जोडेको पुलिस दशौं स्थानमा छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल पौने पाँच बजे शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्