खेलकूद

ए डिभिजन लीग फूटबलमा आज तीन वटा खेल हुँदै

हिमालय टिभी
२०७८ पुष १७ गते ८:०६
ए डिभिजन लीग फूटबलमा आज तीन वटा खेल हुँदै

१७ पुस २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फुटबलमा आज तीनवटा खेल हुँदैछ ।

लीग अन्तर्गत सातौं चरण आज दुई खेल दशरथ रंगशाला र एक खेल पोखरा रंगशालामा हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र जवालाखेल युथ क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

थ्री स्टार ७ अंकसहित लीगको सातौं स्थानमा रहँदा समान ७ अंक जोड्दै जवालाखेल नवौं स्थानमा छ । खेल दिउँसो १ बजे शुरू हुनेछ ।

उता पोखरामा मनाङ मर्स्याङ्दी क्लब र बिग्रेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । क्लब लाइसेन्स पाएका ४ टोली मध्ये सातौं चरणसम्म माथिल्लो स्थानको क्लबले एएफसी कपको छनोटमा सहभागी हुन पाउने हुँदा मनाङलाई आज जित्नैपर्ने हुन्छ ।

१३ अंकसहित मनाङ दोस्रो स्थानमा रहँदा १२औं स्थानको बिग्रेडले ५ अंक जोडेको छ । पोखरा रंगशालामा खेल दिउँसो २ बजे शुरू हुनेछ । सातौं चरण अन्तर्गत तीन खेल पोखरामा खेल्ने कार्यतालिका छ ।

त्यस्तै दशरथ रंगशालामा हुने खेलमा संकटा क्लब र च्यासल युथ आमने सामने हुनेछन् । संकटा १२ अंक जोड्दै तेस्रो स्थानमा रहँदा च्यासल ४ अंकसहित रेलिगेशन जोनमा छ । खेल साँझ पौने पाँच बजे शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्