Political Hightlights

सबै तहका निर्वाचन समयमै हुने गृहमन्त्री खाँणको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १६ गते १७:०४
सबै तहका निर्वाचन समयमै  हुने गृहमन्त्री खाँणको दाबी (भिडियो रिपोर्टसहित)

१६ पुस २०७८ काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सबै तहका निर्वाचन समयमै हुने दाबी गर्नु भएको छ ।

पोखरामा आज आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले तीन वटै तहको निर्वाचन समयमै निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

गृहमन्त्री खाँणले सबै दलको सहमतिमै एमसीसी संसदबाट पारित हुने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँ एमसीसी देश र जनताकै हितमा भएकाले असहमत दलहरुलाई पनि सहमतिमा ल्याउन पहल गर्ने बताउनुभयो ।

गृहमन्त्री खाणले एमसीसी सरकारले नै प्रस्तावित गरेको परियोजना भएको भन्दै यसलाई सबै दलहरुको सामूहिक प्रतिबद्धताबाटै अघि बढाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्