खेलकूद
प्रिमियर लीग फूटबलमा म्यानचेष्टर युनाइटेड विजयी
२०७८ पुष १६ गते ७:५२

१६ पुस २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेष्टर युनाइटेड विजयी भएको छ ।
प्रिमियर लीगको पछिल्लो खेलमा युनाइटेडले रेलिगेशन जोनको बर्नलीमाथि ३–१ गोलको जित निकालेको हो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलको आठौं मिनेटमै स्कट म्याकटोमिनेको गोलसँगै युनाइटेडले अग्रता बनायो ।
२७औं मिनेटमा बर्नलीका कप्तान बेन मीले आत्मघाती गोल गरेपछि युनाइटेडको अग्रता दोब्बर भएको थियो । त्यसपछि ३५औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई ३० को अग्रता दिलाए ।
बर्नलीका लागि ३८औं मिनेटमा आरोन लिननले सान्त्वना गोल गरे । जितसँगै युनाइटेड १८ खेलबाट ३१ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया