Political Hightlights

माओवादी महाधिवेशन दुई दिन लम्बियो, आज पनि विभिन्न समूहको प्रस्तुती जारी रहने

हिमालय टिभी
२०७८ पुष १५ गते ९:००
माओवादी महाधिवेशन दुई दिन लम्बियो, आज पनि विभिन्न समूहको प्रस्तुती जारी रहने

१५ पुस २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन कम्तीमा दुई दिन लम्बिने भएको छ ।

आइतबार उद्घाटन हुँदा आजसम्म महाधिवेशन सकिने भनिएकोमा अहिलेसम्म राजनीतिक प्रतिवेदनलाई नै पास गरिएको छैन ।

करिव १७ सय प्रतिनिधिलाई २५ समूहमा विभाजन गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ नामक राजनीतिक प्रतिवेदनमा छलफल गरिए पनि सबै समूह प्रमुखले निष्कर्ष प्रस्तुत गरिसकेका छैनन् ।

हिजोसम्म ११ समूहका प्रमुखले प्रतिवेदनमाथि निचोड प्रस्तुत गरेका छन् । बाँकी १४ समूह प्रमुखले आज ११ बजेपछि प्रज्ञा भवनमा शुरू हुने पाँचौँ दिनको बन्दसत्रमा प्रतिवेदनमाथि निचोड दिनेछन् ।

लगत्तै अध्यक्ष प्रचण्डले जवाफ दिने र प्रतिवेदन संसोधनसहित पारित गर्ने तयारी माओवादीको छ ।

प्रतिवेदन पारित भएपछि नेतृत्व चयनको प्रकिया शुरू हुनेछ । माओवादीको जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्