खेलकूद
सेन्ट्रल जोन विजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिइने निर्णय
२०७८ पुष १४ गते १९:०१
१४ पुस २०७८ काठमाडौं । एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत लगातार दुई पटक उपाधि जित्न सफल महिला भलिबल टोलीलाई सरकारले नगद पुरस्कार सहित सम्मान गर्ने भएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले उपाधि रक्षा गर्न सफल महिला टोलीका सदस्यहरुलाई नगद सहित सम्मान गर्ने निर्णय गरेको हो ।
बैठकले विजेता टोलीका १२ जना खेलाडीलाई जनही ५५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगद प्रदान गर्ने निर्णय गरेकोे हो ।
बंगलादेशको ढाकामा हिजो सम्पन्न फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको थियो । च्याम्पियनसिपमा सहभागी महिला र पुरुष दुवै टोली भोली स्वदेश फर्कँदैछन् ।
प्रतिक्रिया