Political Hightlights

माओवादीको बन्दसत्र जारी, टोली नेतालाई १५ मिनेटको समय

हिमालय टिभी
२०७८ पुष १४ गते १४:१६
माओवादीको बन्दसत्र जारी, टोली नेतालाई १५ मिनेटको समय

१४ पुस २०७८ काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौँ महाधिवेशनको आज तेस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदामाथि समूहगत रुपमा आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ ।

कमलदाीस्थित प्रज्ञा भवनमा केही बेरअघि (१ः३० बजे)देखि बन्दसत्रको आजको कार्यक्रम सुरु भएको हो । प्रतिवेदनमाथि छलफलका लागि विभिन्न २५ समूह बनाइएका थिए ।

समूहका टोली नेताले प्रतिवेदनमाथि समूहगत छलफलमा उठेका विषय वस्तुमाथि आफ्नो धारणा राख्ने क्रम सुरु भएको हो । बन्दसत्र सञ्चालनका लागि तय गरिएको अध्यक्ष मण्डलले टोली नेतालाई आफ्नो समूहको धारणा राख्नका लागि १५ मिनेटको समय प्रदान गरेको केन्द्रीय प्रचार समितिले जानकारी दिएको छ ।

टोली नेताले आफ्नो समूहको धारणा राख्न र छलफलका क्रममा उठेका विषयलाई लिखितरुपमा पनि प्रस्तुत गर्न निर्देशन दिइएको छ । बन्दसत्रमा नेता सुरेन्द्र कार्कीले पनि पूरक प्रतिवेदन पेश गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्