Political Hightlights

माओवादी महाधिवेशनमा कार्कीले किन पेस गरे पूरक प्रस्ताव ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १३ गते १६:२०
माओवादी महाधिवेशनमा कार्कीले किन पेस गरे पूरक प्रस्ताव ? (भिडियो रिपोर्टसहित)

१३ पुस २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले महाधिवेशनमा पूरक प्रस्ताव पेस गर्नुभएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको दस्तावेजमा केही कुरा अस्पष्ट भएको भन्दै कार्कीले केही पूरक र केही नवीन धारणासहितको प्रस्ताव पेस गर्नुभएको हो ।

प्रस्तावमा पुँजीवादी विकासको चरणमा पुगेपछि युद्ध अपरिहार्य बन्न जाने र यसबाट बच्ने चिनियाँ प्रयास प्रशंसनीय भएको उल्लेख गर्दै नेपाल पनि यही मोडलमा जानुपर्ने उल्लेख छ ।

यस्तै पार्टीका सम्मेलन, बैठक, अधिवेशन र महाधिवेशनहरू नीति प्रधान कार्यक्रम बनाउनुपर्ने र मार्क्सवाद, लेनिनवाद, माओवादकै पनि थप अध्ययन, छलफल र व्याख्या गर्नुपर्ने कार्कीले बताउनुभएको छ ।

जनयुद्धले गर्दा स्थापित भएका मूल्य, सदाचार, सामूहिकता आदिमध्ये कतिपय मानवीय सम्पदाहरूको क्षय हुँदै गएको भन्दै उहाँले मुद्दाहरूको संरक्षण र संवर्द्धन गर्नु माओवादीको कर्तव्य भएको उल्लेख गर्नु भएको छ । तर माओवादी नेता मातृका यादवले भने कार्कीले राखेको प्रस्ताव फरक मत नभएको बताउनु भएको छ ।

पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि अहिले विभिन्न २५ वटा समूहमा छलफल भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्