खेलकूद

नेपालले दोस्रोपटक जित्यो सेन्ट्रल जोन भलिबलको महिलातर्फको उपाधि

हिमालय टिभी
२०७८ पुष १३ गते १४:४९
नेपालले दोस्रोपटक जित्यो सेन्ट्रल जोन भलिबलको महिलातर्फको उपाधि

१३ पुस २०७८ काठमाडौं । नेपाली महिला टोलीले लगातार दोस्रो पटक एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आज भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालले उपाधि रक्षा गरेको हो ।

उज्वेकिस्तानविरुद्ध संघर्षपूर्ण जित निकाल्ने क्रममा पहिलो सेट २६–२४ ले जितेको नेपालले दोस्रो सेट २४–२६ ले गुमायो । तेस्रो सेट २५–१५ ले जित्दै खेलमा फर्किएको नेपालले चौंथो सेट २२–२५ ले गुमाउँदा खेल पाँचौं सेटसम्म धकेलियो ।

निर्णायक सेटमा १५– १० को रोमाञ्चक जित निकाल्दै नेपालले लगातार दोस्रोपटक उपाधि जित्न सफल भयो ।

यसअघि बंगलादेशमै सन् २०१९ मा भएको पहिलो संस्करणमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले उपाधि जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्