खेलकूद

अष्ट्रेलियाले जित्यो एसेज टेष्ट श्रृंखला

हिमालय टिभी
२०७८ पुष १३ गते १०:०९
अष्ट्रेलियाले जित्यो एसेज टेष्ट श्रृंखला

१३ पुस २०७८ काठमाडौं । एसेज टेष्ट श्रृंखला अष्ट्रेलियाले जितेको छ ।

तेस्रो टेष्टमा इंग्ल्याण्डविरुद्ध १ इनिङ र १४ रनको जित निकाल्दै अष्ट्रेलियाले श्रृंखला ३–० ले जितेको हो । पहिलो इनिङमा ८२ रनले पछि परेको इंग्ल्याण्ड दोस्रो इनिङमा ६८ रनमै अलआउट भएको थियो ।

पाहुना टोली इंग्ल्याण्डलाई कम रनमै अलआउट गर्ने क्रममा अष्ट्रेलियाका स्कट बोलान्डले ६ तथा मिचेल स्टार्सले ३ विकेट लिए ।

यसअघि मेलबर्नमा टस हारेर ब्याटिङ गरेको इंग्ल्याण्ड पहिलो इनिङमा १८५ रनमा अलआउट हुँदा अष्ट्रेलियाले २६७ रन जोडेको थियो ।

त्यसपछि इंग्ल्याण्डले दोस्रो इनिङमा ६८ रन मात्र बनाउन सक्यो । दोस्रो इनिङमा इंग्ल्याण्डका कप्तान जोय रुटले २८ तथा बेन स्टोक्सले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् ।

स्कट बोलान्ड म्यान अफ द म्याच चुनिए । घरेलु टोली अष्ट्रेलियाले पहिलो टेष्टमा ९ विकेट र दोस्रो टेष्टमा २७५ रनको जित निकालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्