खेलकूद
१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज कुवेतसँग खेल्दै
२०७८ पुष १३ गते ९:४८
१३ पुस २०७८ काठमाडौं । उन्नाइस वर्ष मुनिको एसीसी एसिया कप क्रिकेटमा नेपालले आज अन्तिम खेल खेल्दै छ ।
समूह बी अन्तर्गत आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणबाटै बाहिरिइ सकेको नेपाल आज सान्त्वना जित निकाल्ने लक्ष्यमा रहनेछ ।
नेपाल पहिलो खेलमा टेष्ट राष्ट्र बंगलादेशसँग १ सय ५४ र दोस्रो खेलमा टेष्ट राष्ट्र श्रीलंकासँग ६० रनले पराजित भएको थियो । अंकविहीन रहँदै नेपाल तेस्रो स्थानमा छ भने कुवेत पुछारमा रहेको टोली हो ।
यस समूहबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाइसकेको छ । दुबईस्थित आईसीसी एकेडेमीमा खेल पौने बाह्र बजे शुरू हुनेछ ।
प्रतिक्रिया