खेलकूद

एसियन भलिबल उपाधिका लागि नेपाली महिला टिमले उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दै

हिमालय टिभी
२०७८ पुष १३ गते ९:४४
एसियन भलिबल उपाधिका लागि नेपाली महिला टिमले उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दै

१३ पुस २०७८ काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधिका लागि नेपाली महिला टिमले आज उज्वेकिस्तानसँग खेल्दैछ ।

बङ्गलादेशको ढाकामा भइरहेको प्रतियोगिता नेपाल र उज्वेकिस्तानबीचको खेल बिहान सवा ११ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा अपराजित रहेको नेपाल साविक विजेता उज्वेकिस्तानलाई हराएर उपाधि जित्ने योजनामा छ ।

राउण्ड रोबिनको लिग खेलमा नेपालले उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा हराएको थियो । नेपाल शीर्ष स्थानमा रहेर तथा उज्वेकिस्तान दोस्रो स्थानमा रहदै फाइनल पुगेका हुन् ।

यस्तै महिलातर्फको तेस्रो स्थानका लागि श्रीलङ्का र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । यता पुरुषतर्फ भने नेपालले तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्नेछ ।

नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो सवा १ बजे सुरु हुनेछ । राउण्ड रोबिनको लिग चरणमा नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्