खेलकूद

ए डिभिजन लीगमा सातदोबाटोमाथि जावलाखेल युथ क्लबको जीत

हिमालय टिभी
२०७८ पुष १२ गते १५:५४
ए डिभिजन लीगमा सातदोबाटोमाथि जावलाखेल युथ क्लबको जीत

१२ पुस १०७८ काठमाडौं । नवप्रवेशी सातदोबाटो युथ क्लबमाथि सहज जित निकाल्दै जावलाखेल युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लीगमा दोस्रो जित दर्ज गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा जावलाखेल युथ क्लबले सातदोबाटो युथ क्लबलाई २–० गोल अन्तरले हराउँदै जारी लीगमा दोस्रो जित निकालेको हो ।

गोलरहित बराबरीमा सकिएको पहिलो हाफको खेलमा जावलाखेल युथ क्लबले उत्कृष्ट खेल देखाउँदै स्पष्ट अंक जोड्न सफल भएको हो । जावलाखेललाई जित दिलाउन विपिन कँडेल र निकोलस फर्नान्डेसले एक एक गोल गरे ।

खेलको ५० औं मिनेटमा विपिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ७० औं मिनेटमा विदेशी खेलाडी निकोलसले गोल गर्दै जावलाखेललाई २–० को जित दिलाए । अघिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गर्दै राम्रो छाप छाडेको सातदोबाटो खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन ।

जितसँगै जावलाखेलले ६ खेलमा ७ अंक जोडेको छ । सातदोबाटोले ६ खेलमा ८ अंक जोडेको छ । यसँसँगै जारी लिगमा छैठौं चरणका खेल पनि सकिएका छन् ।

साविक बिजेता मच्छिन्द्रले १४ अंकका साथ तालिकामा शीर्षता कायम गर्दा मनाङ मर्स्याङ्दी फुटबल क्लब १३ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । ६ खेलबाट १२ अंक बनाएको संकटा तालिकाको तेस्रो स्थानमा अटाउँदा आर्मी १० अंकका साथ तालिकाको चौथो स्थानमा छ । लिगमा सातौ चरणका खेल १६ गतेबाट हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्