खेलकूद

सेन्ट्रल जोन भलिबलमा आज नेपाली महिला टोलीले किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दै

हिमालय टिभी
२०७८ पुष १२ गते ८:२१
सेन्ट्रल जोन भलिबलमा आज नेपाली महिला टोलीले किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दै

१२ पुस २०७८ काठमाडौं । बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेञ्ज कपमा आज नेपालले महिलातर्फ प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो अन्तिम लीग खेलमा किर्गिस्तानको सामना गर्न लागेको हो । नेपालको लक्ष्य आज लगातार पाँचौ जित निकाल्ने हुनेछ ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२, दोस्रो खेलमा माल्दिभ्सलाई ३–०, तेस्रो खेलमा बंगलादेशलाई ३–० र चौथो सेटमा उज्वेकिस्तानलाई ३–० को सेटमा हराएको थियो । नेपाल यसअघि नै फाइनल पुगिसकेको टोली हो ।

ढाकामा खेल विहान सवा एघार बजे शुरू हुनेछ । प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता छ ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीबीच फाइनलमा प्रतिस्पर्धा हुनेछ । यस्तै तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्