खेलकूद

ए डिभिजन लीग फूटबलमा आज एउटा मात्र खेल हुँदै

हिमालय टिभी
२०७८ पुष १२ गते ७:५१
ए डिभिजन लीग फूटबलमा आज एउटा मात्र खेल हुँदै

१२ पुस २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबलमा आज एउटा मात्र खेल हुँदैछ ।

छैटौं चरणको अन्तिम खेलमा आज सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

सातदोबाटो ५ खेलबाट ८ अंकसहित पाँचौ स्थानमा छ । सातदोबाटोले २ खेल जित्दा २ खेलमा बराबरी र एक खेल हारेको छ ।

उता जावलाखेल समान खेलमा ४ अंक जोड्दै १२ औं स्थानमा छ । जावलाखेलले १ मा जित, १ मा बराबरी खेल्दा ३ खेलमा पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल दिउँसो एक बजे शुरू हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्