खेलकूद

प्रिमियर लीग फूटबलमा म्यानचेष्टर सिटीले फराकिलो जित

हिमालय टिभी
२०७८ पुष १२ गते ७:४६
प्रिमियर लीग फूटबलमा म्यानचेष्टर सिटीले फराकिलो जित

१२ पुस २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फुटबलमा म्यानचेष्टर सिटीले फराकिलो जित निकालेको छ ।

लीग अन्तर्गत शीर्ष स्थानको सिटीले लेष्टर सिटीमाथि ६–३ को शानदार जित निकालेको हो । इतिहाद रंगशालामा केभिन डी ब्रुनीले पाँचौ मिनेटमै सिटीलाई अग्रता दिलाएका थिए ।

लगत्तै १४ औं मिनेटमा रियाद महरेजले सिटीको अग्रता दोब्बर पारे । त्यसपछि सिटीका लागि २१ औं मिनेटमा इल्के गुन्डोगान र २५ औं मिनेटमा रहिम स्टरलिङले गोल थपे ।

त्यस्तै लेष्टरका तर्फबाट ५५ औं मिनेटमा जेम्स म्याडिसन, ५९ औं मिनेटमा एडिमोला लुकम्यान र ६५ औं मिनेटमा केलिची इहानचोले गोल गरे । त्यस्तै ६९ औं मिनेटमा एम्रिक लापोर्टे र ८७ औं मिनेटमा स्टरलिङले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटी ६–३ ले विजयी भयो ।

जितसँगै सिटीले आफ्नो अग्रता ६ अंकले बढाएको छ । सिटीले १९ खेलमा ४७ अंक जोड्दा एक खेल कम खेलेको दोस्रो स्थानको लिभरपुलको ४१ अंक छ ।

लीग अन्तर्गत नै गएराति चेल्सीले एष्टन भिल्लालाई ३–१, आर्सनलले नर्विच सिटीलाई ५–०, टोटेनह्यामले क्रिष्टल प्यालेसलाई ३–०, ब्राइटनले बेन्टफोर्डलाई २–० र साउथह्याम्टनले वेष्ट ह्याम युनाइटेडलाई ३(२ ले हराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्