खेलकूद

सेन्ट्रल जोन भलिबलमा आज पनि नेपालले प्रतिस्पर्धा गर्दै

हिमालय टिभी
२०७८ पुष ११ गते ८:३३
सेन्ट्रल जोन भलिबलमा आज पनि नेपालले प्रतिस्पर्धा गर्दै

११ पुस २०७८ काठमाडौं । बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेञ्ज कपमा आज नेपालले महिला र पुरुष दुबैतर्फ प्रतिस्पर्धा गर्दैछ ।

महिलातर्फ साविक विजेता नेपालले उज्वेकिस्तानको सामना गर्नेछ । नेपाली टोली लगातार चौथो जितको लक्ष्यमा छ ।

पहिलो खेलमा नेपालले श्रीलंकालाई ३–२, दोस्रो खेलमा माल्दिभ्सलाई ३–० र तेस्रो खेलमा बंगलादेशलाई ३–० को सेटमा हराएको थियो । खेल दिउँसो सवा एक बजे शुरू हुनेछ ।

यस्तै पुरुष टोलीले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । पुरुषतर्फ नेपाल आज दोस्रो जितको खोजीमा रहनेछ ।

पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–० को सोझ सेटमा पराजित भएको थियो । तर दोस्रो खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएको थियो । तेस्रो खेलमा भने श्रीलंकासँग ३१ को सेटमा पराजित भएको थियो । खेल दिउँसो पौने चार बजे शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्