Political Hightlights

चनावअघिसम्म संसद अवरोध जारी राख्ने एमाले अध्यक्ष ओलीको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १० गते १८:०२
चनावअघिसम्म संसद अवरोध जारी राख्ने एमाले अध्यक्ष ओलीको चेतावनी (भिडियो रिपोर्टसहित)

१० पुस २०७८ विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावअघिसम्म संसद अवरोध गर्ने चेतावनी दिनुभएको छ ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग अध्यक्ष ओलीले चुनावबाट अर्को संसद नआएसम्म संसद अवरोध गरिरहने बताउनुभयो । उहाँले अहिले बलजफती संसद चलाइएको टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले चुनाव जहिले भए पनि आफूहरु जितेर आउने दावी गर्नुभयो ।

गत भदौमा आफ्ना १४ सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको विरोधमा एमालेले भदौ २३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।

एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई कारबाही गरेको थियो ।

सभामुख सापकोटाले कारबाहीलाई मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको भन्दै एमालेले लगातार संसद अवरोध गरेको छ । तर एमालेको विरोधका बावजुद सभामुख सापकोटाले संसद बैठक सञ्चालन गरिरहनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *