खेलकूद

‘ए’ डिभिजन लीग फूटबलमा आजदेखि छैटौं चरणको खेल शुरु हुने

हिमालय टिभी
२०७८ पुष ९ गते ९:४४
‘ए’ डिभिजन लीग फूटबलमा आजदेखि छैटौं चरणको खेल शुरु हुने

९ पुस २०७८ काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लीग फूटबल प्रतियोगितामा आजदेखि छैटौं चरणको खेल शुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो १ बजे शुरु हुनेछ ।

५ खेलमा ४ अङ्क जोडेको एपीएफ ११ औं स्थानमा छ । ५ खेलमा ६ अङ्क जोडेको एनआरटी सातौं स्थानमा छ ।

यस्तै आजै दिउँसो पौने ५ बजे नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लब खेल्नेछन् । ५ खेलमा ५ अङ्क जोडेको पुलिस दशौँ स्थानमा रहँदा ५ खेलमा २ अङ्क मात्र जोडेको फ्रेन्ड्स क्लब पुछारमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्