कांग्रेसको केन्द्रीय समितिको पहिलो बैठक भोलि बस्ने

९ पुस २०७८ काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व आएपछिको पहिलो केन्द्रीय समिति बैठक भोलिका लागि बोलाइएको छ ।
भोलि दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक आह्वान भएको कांग्रेस पार्टी कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकअघि १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई प्रमाणपत्र दिइनेछ ।
भोलि बिहान ११ बजे प्रमाणपत्र वितरणको समय तय भएको केन्द्रीय निर्वाचन समिति सचिव केशव रिजालले बताउनुभयो । गएको मङिसर २४ देखि २८ गतेसम्म काठमाडौँमा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन भएको थियो ।
महाधिवेशनबाट कांग्रेसको केन्द्रीय कार्यसमितिमा १ सय ३४ जना निर्वाचित भएका छन् । सभापतिसहित १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
प्रतिक्रिया