खेलकूद

एसीसी यू–१९ एसिया कप क्रिकेटमा आज नेपालले बंगलादेशसँग खेल्दै

हिमालय टिभी
२०७८ पुष ९ गते ९:००
एसीसी यू–१९ एसिया कप क्रिकेटमा आज नेपालले बंगलादेशसँग खेल्दै

९ पुस २०७८ काठमाडौं । युएईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ ।

नेपाल र बंगलादेशबीचको खेल बिहान ११स्१५ बजे सारजाह क्रिकेट मैदानमा हुनेछ । नेपाल आज बंगलादेशलाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ । तर, नेपाललाई जित निकाल्न सहज छैन ।

बंगलादेश टेष्ट मान्यता प्राप्त राष्ट्र पनि हो । बंगलादेश पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ । पछिल्लो चार भेटमा नेपालले बंगलादेशलाई हराउँन सकेको छैन ।

समूह बी मा रहेको नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर २६ मा खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल कुवेतविरुद्ध डिसेम्बर २८ मा खेल्नेछ ।

दुबै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल जनवरी १ मा हुने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्