खेलकूद

एसियन सिनियर सेन्ट्रल जोन भलिबल: नेपालले माल्दिभ्स र उज्वेकिस्तानको सामना गर्दै

हिमालय टिभी
२०७८ पुष ९ गते ८:५४
एसियन सिनियर सेन्ट्रल जोन भलिबल: नेपालले माल्दिभ्स र उज्वेकिस्तानको सामना गर्दै

९ पुस २०७८ काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत आज नेपालको महिला टोलीले माल्दिभ्स र पुरुष टोलीले उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछन् ।

नेपालको महिला टोलीले आज माल्दिभ्ससँग खेल्न लागेको हो । नेपाल र माल्दिभ्सबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपालको महिला टोली आज लगातार दोस्रो जितको खोजीमा हुनेछ । हिजो भएको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३(२ सेटमा हराएको थियो ।

यस्तै पुरुष टोलीले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र उज्वेकिस्तानबीचको खेल साँझ पौने ६ बजे सुरु हुनेछ । नेपाल आज पहिलो जितको खोजीमा हुनेछ ।

पहिलो खेलमा नेपाल बंगलादेशसँग ३० को सेटमा पराजित भएको थियो। प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ । पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

महिलामा आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्