नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारणसभा स्थगित
९ पुस २०७८ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा स्थगित भएको छ ।
क्यानले विज्ञप्ति जारी गर्दै साधारणसभा स्थगित गरिएको जनाएको छ । क्यानको बोर्ड बैठकले पुस १४ र १५ गते धनगढीमा साधारण सभा गर्ने निर्णय गरेको थियो । तर, केही जिल्ला संघले अधिवेशन सकिएपछि मात्र साधारणसभा गर्न अनुरोध गरेको कारण स्थगित गरिएको क्यानले जनाएको छ ।
नेपाल क्रिकेट संघ मातहतका ३९ जिल्लाहरु मध्ये चार वर्षे कार्यकाल पूरा भएका केही जिल्लाहरूबाट जिल्ला अधिवेशन पश्चात मात्र केन्द्रीय साधारण सभा गर्नको लागि अनुरोध प्राप्त भएकाले साधारणसभा स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
तर पछिल्लो समय खेलाडीमाथि गरिएको कारबाहीले आलोचित बनेको क्यानले यो विवाद समाधान नभएसम्म साधारणसभा नगर्ने तयारी गरेको हो ।
क्यानका अधिकांश बोर्ड सदस्यहरु बिना सर्त खेलाडीमाथिको कारबाही फिर्ता हुनुपर्ने पक्षमा छन् । साधारणसभामा बहुमत सदस्य नेतृत्वविरुद्ध उभिने देखिएपछि अन्य बाहना बनाएर साधारणसभा स्थगित गरिएको हो ।
प्रतिक्रिया