प्रदेश ५

खोरेत उन्मुलनका लागि लुम्बिनी प्रदेशका दश जिल्लामा २५ सय प्राविधिक परिचालन (भिडियोसहित)

हिमालय टिभी
२०७८ पुष ८ गते १६:४२
खोरेत उन्मुलनका लागि लुम्बिनी प्रदेशका दश जिल्लामा २५ सय प्राविधिक परिचालन (भिडियोसहित)

८ पुस २०७८ बुटवल । खोरेत रोग उन्मुलनका लागि लम्बिनी प्रदेशका दश जिल्लामा २५ सय प्राविधिकलाई खटाइएको छ । प्रदेशको कृषि मन्त्रालयले रुपन्देही, नवलपरासी पश्चिम, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, प्युठान, अर्घाखाँची र पाल्पामा खोप लगाउन भ्याक्सिनेटरहरु नियुक्त गरिएको हो ।

विगतमा पनि घरपालुवा जनावरलाई खोरेतको खोप लगाइएको थियो । तर लुम्बिनी प्रदेश भित्र खुरफट्टा जनावर कति छन्, कति जनावरलाई खोप लगाइएको छ, बाँकी कतिलाई लगाइएको छैन, केही तथ्यांक छैन । यो आर्थिक वर्षबाट मन्त्रालयले अनलाइन इन्ट्री हुने गरि खोप लगाउने व्यवस्था मिलाएको छ । त्यसका लागि प्राविधिकले अनलाइन एप प्रयोग गर्नेछन् । नियुक्त भएका प्राविधिकहरुले अनलाइन इन्ट्री गरेपछि मात्र संख्याको हिसाबमा भुक्तानी पाउने नियम बनाइएको छ ।

अनलाइन एपको व्यवस्थाले अब प्रदेशमा खुरफट्टा जनावरको संख्या र सबै जनावरलाई नदोहोरिने गरि खोप लगाउन सहज हुने छ । रुपन्देहीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्लाका दशवटा स्थानिय तहमा खोप लगाउन ७६ जनालाई नियुत्त गरेको छ । स्थानिय तहले गरेको सिफारिसका आधारमा विज्ञ केन्द्रले नियुक्ति दिएको हो । प्राविधिकहरु आउने आइतबार देखि खोप लगाउन खटिने छन ।

एक महिना भित्रमा सबै स्थानिय तहमा खोप लगाउने अभियान सम्पन्न गर्ने तयारी केन्द्रले गरेको छ । अनलाइन इन्ट्री हुनेहुँदा अब कुन जनावरले खोरेत बिरुद्धको खोप लगाएको छ वा छैन थाहा पाउन सजिलो भएको छ । यसले खोरेत रोग उन्मुलन कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *