आर्थिक
पर्यटक नआउँदा रोल्पाका होमस्टे व्यावयासी समस्यामा (भिडियोसहित)
२०७७ पुष २३ गते १३:२५

२३ पुस, रोल्पा । कोरोना महामारीसँगै अरु व्यावसाय जस्तै रोल्पाका सामुदायिक होमस्टेहरु पनि बन्द भए । लकडाउन हटेसँगै अरु व्यावसाय विस्तारै पुराने लयमा फर्किन थालेका छन् । तर, रोल्पाको होमस्टे भने उठ्न सकेको छैन ।
रोल्पा नगरपालिका वडा नम्बर ४ मा रहेको गुरुङ गाउँ सामुदायिक होमस्टे कोरोना महामारीसँगै १० महिनादेखि बन्द छ । होमस्टेबाट राम्रो आम्दानी गरिरहेकाहरु अहिले समस्यामा परेका छन । सरकारले लकडाउन खोलेको लामो समय भइसक्दा पनि होमस्टे बस्न कोही आएका छैनन् । ६ वर्षअघि ५ घरबाट सञ्चालन गरिएको होमस्टे गतवर्ष २० घरमा विस्तार गर्ने लक्ष्य राखिएको थियो । लक्ष्य पुरा हुने त संभावना रहेन तर अहिले भएकै होमस्टे पनि अनिश्चित बनेका छन् ।
भिडियोका लागि यहाँ क्लीक गर्नुहोस्
प्रतिक्रिया