खेलकूद

एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप: महिलातर्फ नेपालको विजयी सुरुवात

हिमालय टिभी
२०७८ पुष ८ गते १४:४९
एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप: महिलातर्फ नेपालको विजयी सुरुवात

८ पुस २०७८ ढाका । एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ साविक विजेता नेपालले विजयी सुरुवात गरेको छ ।

बंगलादेशको ढाकामा भएको पहिलो खेलमा श्रीलंकालाई ३–२ को सेटमा हराउँदै नेपालले शान्दार सुरुवात गरेको हो । शाहिद शुरवार्दी इन्डोर स्टेडियममा शुरुवाती दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका तीनवटै सेट लगातार आफ्नो पक्षमा पार्‌यो ।

पहिलो सेट १९–२५ ले गुमाएको नेपालले दोस्रो सेट पनि २१–२५ ले हार्‌यो । तर तेस्रो सेटमा २५–१५ को जित निकाल्दै खेलमा फर्किएको नेपालले त्यस पछिका दुई सेट २५–१९ र १५–१३ ले जित्यो । अब नेपालले भोली माल्दिभ्ससँग खेल्नेछ । लिग कम नकआउट चरणपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

आजै नेपालको पुरुष टोलीले आज आयोजक बंगलादेशसँग दिउसो पौने ५ बजे प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्