खेलकूद
ला लिगा फूटबलमा रियल मड्रिड र ग्रानाडा विजयी
२०७८ पुष ८ गते ८:१४

८ पुस २०७८ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा रियल मड्रिड र ग्रानाडा विजयी भएका छन् ।
ला लिगामा शीर्ष स्थानको रियलले एथ्लेटिको बिल्बाओमाथि २–१ को जित निकालेको हो । करिम बेञ्जिमाले चौथो र सातौं मिनेटमा गोल रियललाई शुरूवाती अग्रता दिलाएका थिए ।
लगत्तै १०औं मिनेटमै एथ्लेटिकोका ओइहान साञ्सेटले गोल फर्काए । त्यसपछिको खेलमा दुबैतर्फबाट थप गोल नभएपछि रियल २–१ ले विजयी भएको हो ।
जितसँगै रियलले दोस्रो स्थानको सेभियासँगको अंक दूरी ८ अंकले बढाएको छ । १९ खेलबाट रियललको ४६ अंक हुँदा एक खेल कम खेलेको सेभियाको ३८ अंक छ ।
त्यस्तै अर्को खेलमा ग्रानाडाले एट्लेटिको मड्रिडलाई २१ ले नै हरायो । जितसँगै ग्रानाडा १२औं स्थानमा उक्लिंदा एट्लेटिको पाँचौ स्थानमा कायमै छ ।
प्रतिक्रिया