खेलकूद

काराबाओ कप फूटबलको सेमिफाइनल समीकरण पूरा

हिमालय टिभी
२०७८ पुष ८ गते ८:०३
काराबाओ कप फूटबलको सेमिफाइनल समीकरण पूरा

८ पुस २०७८ काठमाडौं । काराबाओ कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

फाइनल प्रवेशका लागि आर्सनल र लिभरपुल तथा चेल्सी र टोटेनह्यामबीच प्रतिस्पर्धा हुनेछ । गएराति लेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराउँदै लिभरपुलले आर्सनलसँग भिडन्त पक्का पारेको हो ।

यसअघि निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । एनफिल्ड मैदामा लेष्टर सिटीका लागि भर्डीले ९औं र १३औं मिनेटमा गोल गरेका थिए ।

१९औं मिनेटमा लिभरपुलका लागि एलेक्स ओक्सलेड चाम्बरलिनले गोल गरे । तर ३३औं मिनेटमा जेम्स म्याडिसनले गोल गरेपछि लेष्टरले खेलमा ३–१ को अग्रता लियो । त्यसपछि लिभरपुलकातर्फबाट जोटा र टाकुमी मिनामिनोले गोल थपेपछि खेल ३–३ को बराबरीमा सकिएको थियो ।

आर्सनल भने यसअघि नै सण्डरल्याण्डलाई ५–१ ले हराउँदै सेमिफाइनलमा पुगिसकेको थियो ।

उता चेल्सी र टोटेनह्यामले आआफ्ना खेल जित्दै एक अर्कासँगको भिडन्त पक्का पारे। चेल्सीले वेन्टफोर्डलाई २–० ले हरायो । त्यस्तै टोटेनह्यामले वेष्ट ह्याम युनाइटेडमाथि २–१ को जित निकाल्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्