Political Hightlights

कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि भोलि मतदान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ६ गते १८:३२
कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि भोलि मतदान (भिडियो रिपोर्टसहित)

६ पुस २०७८ काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि भोलि मतदान हुने भएको छ ।

प्रदेश २ को सभापतिमा संस्थापन पक्षबाट रौतहट सभापति कृष्णप्रसाद यादव र संस्थापन इतर अर्थात विमलेन्द्र निधि समूहबाट प्रदेश २ का वर्तमान संसदीय दलका नेता रामसरोज यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । दुबै उम्मेदवारले चुनाव जित्ने दाबी छ।

मनोनयनको समय विहान ११ बजेदेखि भनिए पनि दिउँसो २ बजेबाट मात्र सुरु भएको थियो । सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार कृष्ण यादवलाई सहयोग गर्न गृहमन्त्री बालकृष्ण खाण खटिनुभएको छ ।

अधिवेशनले प्रदेश सभापति, उपसभापति, महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरु चयन गर्नेछ। प्रदेश अधिवेशनमा एक हजार ९ सय ८० मतदाता छन्। प्रदेश २ का आठवटै जिल्लामा जिल्ला अधिवेशन समेत हुन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्