साफ उपविजेता फूटबल टोली नगदसहित सम्मानित (भिडियो रिपोर्टसहित)

६ पुस २०७८ काठमाडौं । गत असोजमा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको उपविजेता नेपाली फूटबल टोलीलाई सरकारले नगदसहित सम्मान गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले उपविजेता टोलीका खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गरेका हुन् ।
त्यस्तै, ३ जना प्रशिक्षकलाई जनही ३ लाख र अफिसियललाई प्रमाणपत्रसहित सम्मान गरेको हो । कार्यक्रममा प्रधानमन्त्री देउवाले राज्यबाट खेल क्षेत्रलाई सधैं प्राथमिकतामा राखेको बताउनुभयो ।
सम्मानपछि टोलीका उपकप्तान सुजल श्रेष्ठले फूटबलमा अझै उत्कृष्ट नतिजाका लागि सरकारबाटै फूटबल मैदानसहित पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
३ दशकको साफ इतिहासमै पहिलो पटक फाइनल पुगेको नेपाल भारतसँग पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो । साफमा अहिलेसम्म नेपालले ५ पटकसम्म सेमिफाइनल र १ पटक फाइनल खेलेको छ ।
प्रतिक्रिया