Political Hightlights

कांग्रेसको महाधिवेशनअन्तर्गत महिला खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी

हिमालय टिभी
२०७८ पुष ५ गते १३:२६
कांग्रेसको महाधिवेशनअन्तर्गत महिला खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी

५ पुस २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना शुरू भएको छ ।

पार्टी कार्यालय सानेपामा गएराति साढे १० बजे स्थगित मतगणना आज बिहान साढे ९ बजेदेखि पुनः हुन थालेको हो ।

पुरुषतर्फ खुला केन्द्रीय सदस्यको मतगणना सकिए लगत्तै हिजै साँझदेखि खुला महिला केन्द्रीय सदस्यको मतगणना थालिएको थियो ।

खुला महिला केन्द्रीय सदस्यमा ९ जनाका लागि ३० जनाबीच प्रतिष्पर्धा छ ।

यसअघि हिजो पुरुष खुला केन्द्रीय सदस्यमा ९९ जनाबाट ३५ जना निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्