Political Hightlights

सल्लाहकार परिषद सदस्यमा राखेकोमा एमाले नेता भीम रावलको आपत्ति

हिमालय टिभी
२०७८ पुष ३ गते १४:५४
सल्लाहकार परिषद सदस्यमा राखेकोमा एमाले नेता भीम रावलको आपत्ति

३ पुस २०७८ काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले केन्द्रीय सल्लाहकार परिषदमा आफूलाई राखेको भन्दै आपत्ति जनाउनुभएको छ ।

एमालेको १०औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग पराजित रावलले कुनै पदमा नबस्ने घोषणा गर्नुभएको थियो । केन्द्रीय समितिले रावललाई सल्लाहकार परिषद्को सदस्य बनाएको थियो ।

उहाँले आज सामाजिक सञ्जालमार्फत आफूलाई सोध्दै नसोधि कुनै पदको टीका लगाइदिनु आपत्तिजनक भएको उल्लेख गर्नुभएकोछ ।

उहाँले यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत भएको पनि बताउनुभएको छ । अध्यक्षमा पराजित रावलले केन्द्रीय सदस्यको उम्मेदवार बन्न नखोजेपछि सल्लाहकार परिषदमा राखिएको एमाले संस्थापन पक्षले बताउँदै आएको छ ।

पार्टीको गत मंसिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को संयोजकमा अमृतकुमार बोहरालाई चयन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *